Bagmati Samachar Logo

नवलपरासी २ मा राप्रपाका प्रधान निर्वाचित, हारे कांग्रेसका देवेन्द्रराज

काठमाडौं । नवलपरासी २ बाट राप्रपाका ध्रुबबहादुर प्रधान निर्वाचित भएका छन् । प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका हुन् ।

कांग्रेसका देवेन्द्रराज कँडेललाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपाका प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राप्रपाका प्रधानले ३४ हजार ९५९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कँडेलले १९ हजार ५९४ मत पाए ।

एमालेका दीपेन्द्र कुमार अधिकारले भने १४ हजार ४९८ मत पाए ।

यस्तै प्रदेश क मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् । बस्नेतले राप्रपाका आशिष प्रधानलाई पराजित गरेका हुन् । बस्नेतले १२ हजार ४४९ मत प्राप्त गर्दा राप्रपाका प्रधानले १२ हजार ३८७ मत पाए ।

प्रदेश २ ख मा भने कांग्रेसका बैजनाथ कलवार निर्वाचित भएका छन् । कलवारले ११ हजार ७३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका नगेन्द्र अग्रहरीले १० हजार ४७ मत पाए । यसैगरी जसपाका धरेन्द्र यादवले ९ हजार ५८२ मत पाउँदा जनमत पार्टीका सन्तोष गिरीले ५ हजार ३८७ मत पाए ।