Bagmati Samachar Logo

एकीकृत समाजवादीको दोस्रो जित, बारा–४ बाट किसान श्रेष्ठ विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ। बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीले दोस्रो जित निकालेको हो।

बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ २० हजार २ सय ९१ मत प्राप्त गरेका छन्।

उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए। यसअघि एकीकृत समाजवादीले अछाम–१ बाट पहिलो जित निकालेको थियो।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित भएका छन्। मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे।