जितमा ह्याट्रिक गर्दै चौथो पटक सांसद चुनिए रमेश लेखक
काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका छन्।
लेखकले ३० हजार ५२३ मतका विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन्।
क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१२ हजार ७५ मतान्तरले लेखकले जित निकालेका हुन। यो संगै लेखक चोथो पटक संसदको ढोका खोल्न सफल भएका छन्। लेखकले यसअघि कञ्चनपुरमा प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसकेका छन्।
पहिलो पटक ०५६ सालको चुनावमा साविकको क्षेत्र नं। ३ बाट उम्मेदवार बनेका लेखक विजयी भए। त्यस बेला उनले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए।
०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन्। साविक कञ्चनपुर क्षेत्र नं. ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे। दुवै क्षेत्र जिते पछि देउवाले कञ्चनपुर ४ छोडेका थिए।
देउवालाई आफ्नो क्षेत्र छोडेका लेखक त्यसबेला समानुपातिकतर्फ लागेका थिए। फेरि ०७० मा उनले प्रत्यक्ष चुनाव लड्ने मौका पाए। साविक क्षेत्र नं. ४ मा लेखक जित निकाल्दै संसद् पसे।
त्यस बेला भट्टले २६ हजार ३६४ मत ल्याएका थिए भने लेखकले २६ हजार १०६ मत ल्याएका थिए।
यससँगै लेखकको प्रत्यक्षतर्फ संसदीय चुनावमा तेस्रो जित भएको छ। उनी चौथो पटक सांसद चुनिएका छन्।
प्रतिक्रिया दिनुहोस्: