माओवादीले पनि खोल्यो खाता, सिन्धुली २ मा राजन विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा पहिलो जित निकालेको छ ।
सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल (राजन)ले पहिलो जित निकालेका छन् । उनले एमालेका मनोजजंग थापालाई पराजित गरेका हुन् ।
दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस्: