काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा निर्वाचित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका छन् ।
थापाले २१ हजार ३ सय २ मत ल्याएर विजयी हुँदा एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत पाए ।
यहाँ जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो । गगन ७ हजार ४ सय ४७ मतान्तरले विजयी भए ।
प्रतिक्रिया दिनुहोस्: