बाजुराको त्रिवेणी नगरपालिका गोली चल्दा एकको मृत्यु
काठमाडौं । बाजुरामा गोली चलेको छ । बाजुराको त्रिवेणी नगरपालिका ७ को एक मतदानकेन्द्रमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएको जनाइएको छ ।
उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुने सोहि ठाउँका सुरेन्द्र ऐडी ७का वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे । उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरू घाइते छन् ।’
यस्तै उनका अनुसार गोली चलेपछि केही स्थानीय घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।
यहाँ कांग्रेस र एमालेका कार्यकर्ताबीच झडपको स्थिति आएपछि प्रहरीले गोली चलाएको जनाइएको छ ।
बाजुराका अन्य केही मतदानकेन्द्रमा पनि मतदान स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्: