सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित
काठमाडौं । आइतबार भएको निर्वाचनमा सुर्खेत, नवलपरासी र गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आइतबार साँझ भएको पत्रकार सम्मेलनमार्फत आयोगले सो जानकारी दिएको हो ।
आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्णय गरिसक्न निर्देशन दिएको छ । यसअघि आयोगले साँझ ५ बजेसम्म स्थगतको सूचना टाँस नगर्न भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्: