भोट हालेपछि माधव नेपालले भने : चुनावमा देखा परेका विकृति रोक्नु पर्ने देखियो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जिल्लामा मतदान गरेका छन् ।
अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे ।
उनले मौन अवधिको बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए । उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको बताए ।
‘रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरू हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रूपमा रहेका पार्टीका उम्मेदवारहरूले आचारसंहिताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्: