एमालेको बहुमत आउँछ, मंसिर १५ भित्रै सरकार बनाउँछौँ ः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
आइतबार बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्र मतदान गरेपछि उनले उक्त कुरा बताएका हुन् । पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत आउने र यहि १५ गते भित्रै सरकार बनाउने बताए । जब कि निर्वाचन आयोगले सम्पूर्ण मत परिणाम २३ गतेसम्म आउने बताएको छ ।
ुछिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ । यो चुनावबाट एमालेले बहुमत ल्याउँछ, उनले भने, ‘एमालेले बहुमतको सरकार बनाउँछ ।’
अध्यक्ष ओलीले बहुमत ल्याएपछि एमालेले मंसिर १५ गतेभित्रै सरकार बनाउने बताए पछि राजनीतिक वृतमा उनको कुरा र आयोगको कुरा बाझिएको बताइन्छ। एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ । मंसिर १५ सम्मै बहुमतको सरकार बन्छ । ढिलो गरिराख्नु पर्ने कुनै कारण छैन,उनले भने ।
अध्यक्ष ओलीले जनतालाई भड्काउन केही शक्ति लागिरहेको पनि आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्: