पैसा बाँडेको आरोपमा काठमाडौंमा एमालेका नेता पक्राउ
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका( ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ ।
उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले कडा चुनौती दिइरहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: