Bagmati Samachar Logo

जितेको पहिलो बर्षभित्रै हातहातमा लालपुर्जा दिलाउँछौ : डिना

हेटौंडा। मकवानपुरको वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने बताएकी छन् । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनाबीसभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने बताइन् ।

उम्मेदवार उपाध्यायले यस क्षेत्रमा राष्ट्रिय गौरबका आयोजनाका काम ल्याउने पनि बताइन। उनले आफु यहि जनताकै लागि आएको र जनताकैबीचमा रहेर काम गर्ने दाबी गरिन। यस क्षेत्रमा अधुरा र अपुरा रहेका विकास निमार्णलाई समेत पूर्णता दिन आफ्नोतर्फबाट सक्दो प्रयास रहने उनको भनाई छ ।

उम्मेदवार उपाध्यायले देश र जनताको समृद्ध र विकास चाहने भनेकै गठबन्धन सरकारले रहेको बताइन । उनले देशलाई नयाँ दिशामा पु¥याई आर्थिक समृद्ध हासिल गर्न गठबन्धनलाई जिताउनुपर्ने बताइन ।