Bagmati Samachar Logo

आचारसंहिता विपरीत राक्सिराङका शिक्षक घलान एमालेको उम्मेदवारलाई भोट माग्दै

हेटौंडा । मकवानपुरको राक्सिराङमा रहेको श्री आधारभूत विद्यालयका एक शिक्षक निर्वाचन आचारसंहिता विपरीत एमालेको उम्मेदवारलाई भोट माग्दै हिडेका पाइएको छन् । । राक्सिराङ गाउँपालीका –४ नं वडामा रहेको श्री आधारभुत विद्यलयमा कार्यरत शिक्षक श्रावण कुमार घलान नेकपा एमालेको चुनावी प्रचार प्रसार तथा स्थानीय मतदाताहरुसंग एमालेको उम्मेदवारलाई भोट माग्दै हिंडिरहेको स्थानियहरुले बताएका छन ।

बिहिबार उनि राक्सिराङ गाँउपालिका वडा नं।– ४ को देविटार,डुम्टार,मान्छप,भोक्टी लगाएतका स्थानमा पुगि स्थानियहरुलाई नेकपा एमालेको उम्मेदवार महेश कुमार बर्तौला र , लाल बहादुर थापालाई भोट माग्दै हिंडेको पाइएको छ । यस अघि पनि गाँउपालिकाको बिभिन्न स्थानमा उनि चुनावी अभियानमा रहेको जनाएको छ ।

्निर्वाचन आचारसंहितामा कुनै पनि शिक्षकले राजनितीक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार तथा भोट माग्दै हिड्न नहुने र सामाजीक सञ्जालमा कुनै सन्देश, सुचना , प्रचारप्रसार सामाग्री पोष्ट शेयर गर्न नहुने भनी उल्लेख गरीएको छ । उक्त विद्यालयमा कार्यरत शिक्षक घलान चुनावी प्रचार प्रसार तथा मतको अपिल गर्दै हिडिरहेको पाइएको हो ।