गोरखामा एमाले उम्मेदवारको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते
गोरख । गोरखामा चुनाव प्रचार प्रसारका क्रममा झडप भइको छ । नेकपा एमालेको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको बताइएको छ । आइतबार राति एक समुहले खाना खाने क्रममा पालुङटार नगरपालिका(७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएको हो ।
हामी प्रचारको काम सकेर खाना खाँदै थियौँ । त्यहीँ रहेका केटाहरूले एक्कासि बियरको बोतलले हान्न थाले, एक प्रत्यक्षदर्शीले भने,दोहोरो झडप भने भएन ।
घटनामा एक जना गम्भीर घाइते भएका छन् । एमाले प्रदेश सचिवालय सदस्त हरि काफ्लेको टाउकोमा चोट लागेको छ । टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौं पठाइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । तीन जना घटनापछि भागेको ती प्रत्यक्षदर्शीले बताए ।
प्रतिक्रिया दिनुहोस्: