Bagmati Samachar Logo

पाँच वर्षका लागि एमालेका २० ग्यारेन्टी

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गदै पाँच बर्षमा २० ग्यारेन्टी दिएको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई निरन्तरता दिएको छ ।

एमालेले पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टी भनेर घोषणापत्रमा उल्लेख गरेको छ ।

यी हुन् २० ग्यारेन्टी

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान
सञ्चालन गर्ने
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने
८. ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने
९. स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने
१०. ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने
११. ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित शहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन गर्ने
१४. ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९. ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने