Bagmati Samachar Logo

राष्ट्रपति र प्रधानमन्त्री पुगे छठघाट, वर्तालुले अस्ताउँदो सूर्यलाई दिए अर्घ्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा छठ पर्वको अवसरमा काठमाडौंका छठघाट पुगेका छन् ।

आज अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर श्रद्धालुहरूले यो पर्व मनाएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी गौरीघाटस्थित बागमती नदी किनारमा पुगेकी थिइन् भने प्रधानमन्त्री देउवा कुपण्डोलको छठघाट पुगेका थिए ।

नदी किनारका छठपूजा स्थलमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।

व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन हुने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।