Bagmati Samachar Logo

चुनावी भाषण गर्दागर्दै शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

काठमाडौं । चुनावी कार्यक्रममा भाषण गर्दागदै पाली कांग्रेसका नेता डा. शंशाक कोइराला अस्वस्थ भएका छन् ।

नवलपरासीको चुनावीसभामा सहभागी भएका कोइराला भाषण गर्ने क्रममा एकाएक बोल्न नसक्‍ने अवस्थामा पुगेपछि तत्काल उपचारका लागि चितवन ल्याइएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

‘चुनावी भाषण गर्दैगर्दा उहाँ बोल्नै सक्‍नु भएन, बेहोसजस्तै हुनुभयो, तिवारीले भने, ‘त्यसपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याएका हौँ । अहिले अवस्था सामान्य भइसकेको छ ।’

अस्पतालमा एमआरआई र सीटी स्क्यान गरिएको उनले बताए ।