हेटौंडामा बसले ठक्कर दिँदा एक जनाको मृत्युु
हेटौंडा । हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गैरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री थिए ।
दिउँसो पौने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा १७ कठायत चोकमा ना ४ ख ४०२२ नम्बरको बसले सोहि स्थानका अन्दाजी ४० बर्षीय सोम गोलेलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: