संसारकै ‘फोहोरी मानिस’को ९४ वर्षमा मृत्यु, भन्थे– नुहाउँदा रोग फैलिन्छ

काठमाडौं । संसारकै सबैभन्दा फोहोरी मानिसुको उपमा पाएका एक इरानी नागरिकको मृत्यु भएको छ। इरानी मिडियाकाअनुसार ९४ वर्षीय ती व्यक्तिको मंगलबार दक्षिणी प्रान्तमा मृत्यु भएको हो। उनी देजगाह गाउँमा एक्लै बस्थे।
६० बर्षसम्म नुहाउन नसकेका विश्वको सबैभन्दा फोहोरी मानिसको उपनाम पाएका एक इरानी वृद्धको ९४ वर्षको उमेरमा निधन भएको छ।
नुहाएपछि उनको निधन भएको इरानी सञ्चारमाध्यमहरूले लेखेका छन्। अमोउ हाजी नाम गरेका उनको देशको दक्षिणी प्रान्तको देजगाह गाउँमा आइतबार मृत्यु भएको जनाइएको छ।
हाजीले ६० वर्षभन्दा बढी समयदेखि पानी वा साबुनले ननुहाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँका गाउँलेहरूका अनुसार उनले आफ्नो युवावस्थामा भावनात्मक झट्का बेहोरेका कारण नुहाउन इन्कार गर्दै आएका थिए।
सन् २०१४ मा तेहरान टाइम्स नामक पत्रिकाले जनाएअनुसार उनी सडकमा मरेका जनावरको मासु खाने गर्थे र त्यसको अवशेष प्रयोग गरेर धुम्रपान गर्थे। सरसफाइले मानिसलाई बिरामी बनाउँछ भन्ने मान्यता उनले राखेका थिए।
तर केही महिनाअघि स्थानीय गाउँलेहरूले उनलाई नुहाउन मनाउन सफल भएका थिए।
प्रतिक्रिया दिनुहोस्: