Swornakshar Logo

नवौँ राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडीको मृत्यु

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ ।

क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको हो ।

पोखरा(१८ सराङकोटमा जमिनबाट एक सय मिटरमाथि आकाशमा उडिरहेको प्याराग्लाइडिङ दुर्घटना हुँदा २६ वर्षीय निसिमको मृत्यु भएको हो ।

कास्की प्रहरीकाअनुसार निसम पोखरा(१० अस्पताल चोकका बासिन्दा हुन् । दुर्घटनामा घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।