Bagmati Samachar Logo

गगन थापाले दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

थापालाई सत्ता गठबन्धनको तफबाट उम्मेदवार बनेका हुन् । उनले चुनाव जितेपछि कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने प्रयास गर्ने बताएका छन् ।

उनले सचेत नागरिकहरू बस्ने ठाउँबाट पटक पटक प्रतिनिधित्व गर्ने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । उनले अन्य क्षेत्र र जिल्लाबाट आफूलाई उम्मेदवार बन्न आग्रह गरिएको भए पनि आफू भने काठमाडौं ४ बाट चुनाव लड्न लागेको बताए ।

काठमाडौं ४ ले आफूलाई धेरै कुरा दिएको थापाले बताए । यही क्षेत्रका नागरिकले आफ्नो हैसियत बनाइदिएको भन्न पनि छुटाएनन् ।

‘म अहिले जीवनको एउटा उल्लेखनीय अनुभव गरिसकेको एउटा फेजमा छु । यो अनुभवका आधारमा योभन्दा अगाडि यो क्षेत्रमा फेरि निर्वाचनको मैदानमा आउँदै गर्दा मैले खुला रूपमै भनेको छु । म अहिले गठबन्धनको दलहरूसँग संयुक्त उम्मेदवारीमा आएको छु,’ थापाले भने ।
यो क्षेत्रमा नेकपा एमालेले डा. राजन भट्टराईलाई मैदानमा उतारेको छ । उनी केपी ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए ।