बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे गोरखामा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए । तर गठबन्धन हुदा पनि चितवनभन्दा गोरखा सुरक्षित देखिएपछि उनले यहिबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: