चितवन ३ मा माओवादीले डा. भोजराज अधिकारी उम्मेदवार बनायो
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा डा.भोजराज अधिकारीले टिकट पाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो क्षेत्र अन्तिम समयमा आएर छाडेका हुन् ।
प्रचण्डले चितवन ३ छोडेर गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो ।
भरपुर अस्पतालका अध्यक्ष अधिकारीलाई राजीनामा गरेर उम्मेदवारी मनोनयनका लागि तयार रहन भनिएको छ ।
अधिकारीसँगै सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ मा माडीका पूर्व मेयर ठाकुर ढकालले टिकट पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: