लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगो लगयो, घनश्यामले पाएनन टिकट (नामावलीसहित)
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारको टुगो लगाएको छ । पूर्वी रुकुमको भने टुगो लागेको छैन् । जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट बाँडफाँड गरेको हो ।
एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्माम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ क तालमेलका लागि छुट्याइएको छ । ख बाट दधिराम न्यौपानेले टिकट पाएका छन् ।
रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ क लिला गिरि र ख भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ ।
रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ क मा तालमेलका लागि छुट्याइएको छ भने ख मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् ।
रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ क मा हजरत अलि र ख तालमेलका लागि छुट्याइएको छ ।
रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ क भुमेश्वर ढकाल र ख मा तालमेलका लागि छुट्याइएको छ ।
कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ क बिष्णु पन्थी र ख तालमेलका लागि छुट्याइएको छ ।
कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ क नवराज लामिछाने र ख धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।
कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ क अर्जुनकुमार रेग्मी र ख मा तालमेलका लागि छुट्याइएको छ ।
दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ क मा गंगाराम भट्टराई र ख मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।
दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ क बलिभद्र राना र ख मा गिरिराज केसीले टिकट पाएका छन् ।
दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । प्रदेश तर्फ क मा घनश्याम पाण्डे र ख हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।
बाँके–१ मा सूर्यप्रसाद ढकालले टिकट पाएका छन् । प्रदेश तर्फ क तालमेलका लागि छुट्याइएको छ भने ख दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।
बाँके–२ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ क मा विजय यादव र ख मा निरजबहादुर गुरुङले टिकट पाएका छन् ।
बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । प्रदेशतर्फ क रत्नबहादुर खत्री र ख भीमबहादुर वलीले टिकट पाएका छन् ।
बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क मा शालिकराम अधिकारी र ख भक्तबहादुर विकले टिकट पाएका छन् ।
बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क लहनु चौधरी र ख मा कृष्णी थारुले टिकट पाएकी छन् ।
गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ क चिन्तामणि पाण्डे र ख मा ठर्सूराम पाण्डेले टिकट पाएका छन् ।
गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ क मा डिल्लीराज भुसाल र ख मा दिनेश पन्थीले टिकट पाएका छन् ।
पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क मा राजुप्रसाद श्रेष्ठ र ख मा खिमबहादुर सारुले टिकट पाए ।
पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क पर्शुराम भट्टराई र ख मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन् ।
पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ क मा पुन्यप्रसाद पौडेल र ख मा दीपकराज शर्माले टिकट पाए ।
पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए । प्रदेशसभा तर्फ क मणिप्रसाद गैरे र ख तालमेलका लागि छुट्याइएको छ ।
प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क तुलसीराम शर्मा र ख मा हरिप्रसाद रिजालले टिकट पाए ।
अर्घाखा“चीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क चेतनारायण आचार्य र ख बाट रामजीप्रसाद घिमिरेले टिकट पए ।
रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ क मा कमल बुढाथोकी, ख मा प्रेमबहादुर घर्तिमगरले टिकट पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: