Bagmati Samachar Logo

एमालेले सुदूरपश्चिम प्रदेशमा उम्मेदवार टुंगो लगायो , भिम रालले पाएनन टिकट (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार सुदुरपश्चिम प्रदेश अछाम १ बाट भीम रावलले भने टिकट पाएका छैनन् । रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ ।

ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।

कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा र जसपासँग वार्ता भइरहेकाले टिकट नखोसिएको अवस्थामा एमालेको निर्णय अव परिवर्तन नहुने स्रोतले बतायो ।

क कसले पाए टिकट

बाजुरा प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा

बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा

दार्चुला ; प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी

बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल

डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल (बीपी कांग्रेस), प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी: प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम

अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा ९क० देवबहादुर कुँवर र ९ख० कृष्णप्रसाद जैसी

अछाम–२:  प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा ९क० भीमबहादुर बिष्ट र ९ख० शिव उपाध्याय

कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट

कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह

कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा ९क० मा राप्रपालाई छोड्ने, ९ख० मा सुरेन्द्र बिष्ट

कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने

कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे

कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,

कैलाली ४ :  प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद

कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ
एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ ।