बाबुरामले समानुपातिक सूचीमा राखेका आफ्नो भाइबुहारी
काठमाडौं । राजनीतिक दलहरुले मंसिर ४ गतेको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् ।
बन्द सूची पेश गर्दा प्रायः दलहरुले ११० सांसदहरुको सूची निर्वाचन आयोगमा पठाएका छन् ।
नेकपा माओवादी केन्द्रले ०७२ सालसम्म माओवादीमा नै रहेका हाल फरक पार्टी खोलेर बसेका नेता डा. बाबुराम भट्टराईको पार्टीका नेताहरुलाई समेत बन्दसूचीमा समावेश गरेको छ ।
भट्टराईले माओवादीको चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । त्यसैले पनि उनले माओवादीकै समानुपातिक सूचिमा आफ्ना ५ नेताहरुको नाम निर्वाचन आयोगमा पठाएका छन् ।
भट्टराईको आग्रह अनुसार माओवादीले निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा बाबुराम भट्टराईका ५ नेताहरुको नाम समावेश गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादीले बुझाएको समानुपातिक बन्द सूचीमा भट्टराईका पाँच नेता मध्य एक जना भाई बुहारीको पनि नाम समावेश छ । भट्टराईकी भाईबुहारी दुर्गा नेउपाने भट्टराई समानुपातिकको बन्द सूचिमा परेकी छन् ।
भट्टराईका भाई शिवप्रसाद भट्टराईको श्रीमति हुन दुर्गा भट्टराई । भट्टराई, उनको श्रीमति हिसिला यमी शसस्त्र विद्रोहमा सुरु गर्ने नेतामा पर्छन् । तर भाई र बुहारी भने सधै जागिर गरेर बसेको र पार्टीको शुभचिन्तक रहेको बताइन्छ ।
नेउपाने भट्टराई अहिले भक्तपुरको खोप कलेजमा अध्यापन गराउछन् । उनी राजनीतिमा सक्रिय रुपमा नलागेको भएपनि बाबुरामले नयाँ शक्ति पार्टी बनाएदेखि सक्रिय हुन थालेको बताइन्छ । अहिले बाबुरामले बनाएको जनता समाजवादी पार्टीको राजनीतिक व्युरो सदस्य रहेको केन्द्री सदस्य ईश्वर रिजालले बताए । उनले भने, ‘उहाँ राजनीतिमा जोडिनु भएको छ । पेशाले कलेज पढाउनु अध्यापक हुनुहुन्थ्यो । अहिले राजनीतिमा सक्रिय रुपमा लाग्नु भएको छ । हाम्रो पार्टीको राजनीतिक व्युरो सदस्य हुनुहुन्छ । त्यहि भएर समानुपातिकमा नाम समावेश भएको हो ।’
राजनीतिमा सबै भन्दा विधि र विधानको कुरा गर्ने नेतामा पर्छन बाबुराम भट्टराई । उनी माओवादीमा हुदा पनि प्रचण्डसंग सबै भन्दा बढी विधि र विधानको कुरा गर्ने नेतामा पर्थे । तर उनी अहिले आफन्तलाई पद दिन सबैभन्दा अगाडि देखिएका माओवादीका एक केन्द्रीय सदस्य बताउछन् । ती केन्द्रीय सदस्यले भने, ‘बाबुराम भट्टराई विधिका नितिका कुरा गर्छन । तर आफूले र आफ्नाले पाएपछि सबै कुरा एक छिनमा नै छोड्छन् । माओवादी जनयुद्धमा उनले धेरै पटक फरक मत राखे तर उनले भनेको भएपछि ती फरक मत कहाँ गए कसैले थाह पाउदैन थिए ।’
बाबुरामको कोटाबाट समानुपातिक सूचिमा पर्ने अन्य चार जना नेताहरुमा पार्टी उपाध्यक्ष गंगानारायण श्रेष्ठ , दुर्गा सोब, इश्वर रिजाल र उमरावतीदेवी यादव रहेका छन् ।
पाँच जना समानुपातिक सूचिमा भाई बुहारीलाई पनि राख्नुलाई भट्टराइमा भएको नातावाद कतिसम्म छ भन्ने स्पष्ट हुने गोरखाका एक माओवादी नेता बताउछन् ।
ती नेताले भने, ‘बाबुराम भट्टराईको भाइबुहारीको माओवादी जनयुद्धमा पारिवारिक सहयोग भन्दा अरु कुनै योगदान छैन । उहाँ जनयुद्धमा एक दिन पनि कहि कतै हिडेको हामीले देखेनौ सुनेनौ । उहाँको नाम समानुपातिकमा राखेको सुन्दा बाबुरामको परिवारवाद देख्न पाइयो ।’
राजनीतिमा पूर्णकालीन नभएपनि हिजोदेखि नै राजनीतिमा जोडिएर काम गरेको । माओवादी पार्टीको बुद्धिजिवी संगठनको केन्द्रीय सदस्य र भक्तपुर जिल्लाको बुद्धिजिवी संगठनको आफू इन्चार्ज भइसकेको दुर्गा नेउपाने भट्टराईले बताइन् । उनले भनिन्, ‘मेरो नाम समानुपातिकमा भएको मलाई आधिकारीक जानकारी छैन । तर म बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी बनाएपछि सक्रिय राजनीतिमा छु । हिजो सकेको सहयोग गरे आज पार्टीमा पूर्णकालीन भएर लागेकि छु ।’
राजनीतिमा लागेका सबैले कमैले अबसर पाउछन् । अबसर पाउनेहरुमा पनि नेताका आफन्तले बढी अबसर पाउने हुदा युवाहरु राजनीतिप्रति आर्कषण नहुने बहस राजनीतिमा चल्दै आएको छ । अझ माओवादी पृष्ठभूमिका नेताहरु पनि हिजो अरु दलका नेताहरुले नातावाद कृपावादको आरोप लगाएर जति आलोचना गर्न चति चचिर्ति थिए आज आफन्तलाई अबसर दिन पनि त्यति नै चर्चित रहेका आरोप लाग्ने गरेको छ ।
भट्टराई माओवादीमा हुदा नै अर्थमन्त्री र प्रधानमन्त्री बने । उनको श्रीमति हिसिला यमि पनि मन्त्री बनिन् ।
उनको छोरी मानुषि यमि भट्टराई त्रिभुवन विश्वविद्यालयको स्ववीयू सचिव बनिन् । अहिले भट्टराईले माओवादीको चुनाव चिन्हमा चुनाव लड्ने भन्दै गोरखा क्षेत्र नं. २ आफूलाई , काठमाडौं क्षेत्र नं.७ मा छोरी मानुषिलाई उम्मेदवार बनाउन थालेका छन् ।
भाई बुहारीलाई समानुपातिकमा नाम समावेश गरेका छन् । माओवादी पाएको समानुपातिक र आफ्नो भोटबाट नै उनका पाँच जनाले संसद प्रवेश पाउने छन् । यदि भट्टराई र उनको छोरीले प्रत्यक्षमा टिकट पाएर जिते र समानुपातिकमा पनि पाँच जनाले नै संसद छिर्ने अबसर पाएमा भट्टराई परिवारका तीन जना सदस्य सांसद हुने छन् ।
०७२ सालमा माओवादी छोडेका भट्टराई अहिले माओवादीको चुनाव चिन्हमा चुनाव लड्न तयार भएका छन् । माओवादीलाई रातो स्टीकर टाँसेको घरको दर्जा दिएर माओवादीबाट बाहिरिएका थिए । तर अहिले पुन माओवादीको चुनाव चिन्हमा चुनाव लड्ने र पछि पार्टी एकता गर्ने सहमतिमा पुगेका छन् ।
घुमिफिरि रुम्जाटार भनेजस्तै भट्टराई पनि ७ बर्षपछि पुन माओवादीको निकट पुगेका छन् । योबीचमा उनले नयाँ शक्ति पार्टी निमार्ण गरे । जुन दुई दिनको घामछाँया भयो । त्यसपछि जसपासंग एकता गरे । त्यो पार्टी पनि विभाजन भएर अहिले जनता समाजवादी नेपाल पार्टी गठन गरेका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुरामले पार्टी छोड्दा आफूले बाबुरामलाई ३० बर्ष झेलेको कसैले तीन बर्ष जेल्न चुनौति दिएका थिए । नभन्दै ७ बर्षमा भट्टराई घुमिफिरि माओवादीको ओत लाग्न पुगेका माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बताउछन् ।
प्रतिक्रिया दिनुहोस्: