महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन हुन्न : रामनारायण बिडारी
काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका छन् ।
आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका हुन् । उनले संसद जीवित रहेको पनि बताए ।
बिडारी संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । वरिष्ठ अधिवक्ता बिडारीले एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले महाभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे ।
उनले महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्: