सुदूरपश्चिममा चुनावको मुखैमा दुई राज्यमन्त्री नियुक्त
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ जना राज्यमन्त्री नियुक्त। कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले शुक्रबार दुई प्रदेश सांसदलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।
उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । आजै नियुक्त भएका उनीहरू दुवै जनाले पद तथा गोपनियताको शपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।
यस्तै यसअघि समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलवीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: