सिराहामा ओलीको कार्यक्रमका लागि विद्यालय नै बन्द
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा सिराहामा विद्यालय बन्द गरेका छन् । गोलबजार–८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन नै ठप्प गरी ओलीको कार्यक्रम गरिएको हो ।
कक्षा १२ सम्म सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् ।
विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस्: