Bagmati Samachar Logo

ओलीको टिप्पणी : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको आरोप लगाएका छन्।

पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको विधेयक सरकारले जस्ताको तस्तै पुनः प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाएको छ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग ओलीले भने, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएको प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ।’

केही दिनअघि सत्तारुढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने चेतावनी दिएका थिए।