कार्यदलको प्रतिवेदन तयार, भोलि शीर्ष नेतालाई बुझाउने
काठमाडौं । सत्तारुढ पाँच दलिए गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको जानकारी दिएको हो ।
प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने उनले बताए ।
कार्कीले भने, ‘यो प्रतिवेदनलाई भोलि बिहान अन्तिम रुप दिनेछौँ । सिट संख्या करिब करिब मिलेको छ । केही कुराहरुमा छलफलको आवश्यकता छ । बजे कार्यदलको बैठक बस्छ । अन्तिम रुप दिएपछि बुझाउँछौं ।’
प्रतिक्रिया दिनुहोस्: