प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाँडेको भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकाछन्।
भारतका स्थल सेनाध्यक्ष पाँडेले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन्।
जनरल पाँडेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए। त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल हासिल गरेका नेपाली सेनाले जनाएको छ।
सो क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।
साथै, जनरल पाँडेले भोलि भदौ २२ गते मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्: