Bagmati Samachar Logo

गठबन्धनले २५ भदौभित्र उम्मेदवारसमेत टुंगो लगाछ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले २५ भदौभित्र उम्मेदवारको लगाउने बताएका छन् । उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रम प्रचण्डले तीन चरणमा सहमतिको प्रयास भइरहेको बताएका हुन् ।

गठबन्धनका नेताहरूबीच १५ भदौसम्म सिट बाँडफाँड गर्ने सहमति भएको थियो । कार्यदलले ९ भदौभित्र सिट बाँडफाँड गर्ने सहमति भएको थियो । तर, उक्त दिनसम्म टुंगो नलागेपछि १५ भदौमा टुंगो लगाउने तयारी भएको हो । १५ भदौभित्र पनि सहमति जुटाउने प्रयास सम्भव नहुने भएपछि तीन चरणमा टुंगो लगाउन खोजिएको हो ।

बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर सम्बोधनका लागि उपत्यका विशेष कमिटीमा आइपुगेका प्रचण्डले १५ भदौभित्र सिट संख्या टुंगो लगाउने तयारी भइरहेको बताए ।

दोस्रो चरणमा २० भदौभित्र कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले कुन(कुन क्षेत्रमा पाउने भन्ने टुंगो लगाउने तयारी भएको छ । त्यसैगरी, २५ भदौमा गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवारको नाम टुंगो लगाउने प्रण्डले उल्लेख गरे ।