Bagmati Samachar Logo

ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा गुटबन्दी सुरु भयो : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुको कारण एमालेमा भएको गुटबन्दी समयमा नै चिन्न नसक्दा विभाजन सम्म पुगेको बताए ।

पार्टी पुर्नगठनको स्थापना दिवस कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसन बनाएर गुटको राजनीति गरेको आरोप लगाए ।

ओलीको उक्त गुटबन्दीका विषयमा आफू समयमै सचेत नभएकैले विभाजन सम्म पुगेको बताए ।
उनले भने, ‘हाम्रो आन्दोलनमा केपीले कहिलेदेखि गुटबन्दीको सुरूवात गरे । त्यो गुटबन्दीका विरुद्धमा हामीले जुध्ने काम ग¥ंयौ की गरेनौं ?०७७ पुस ५ गतेपछिको मात्र विश्लेषण गरेर पुग्दैन ? न त २०७५ जेठ ३ गते भएको नेकपा एमाले र मओवादी एकताको सन्दर्भबाट सुरू गरेर पुग्छ ? २०७१ एमालेको नवौं महाधिवेशन भएदेखिको सन्दर्भले पुग्छ । यसको इतिहास लामो भएको छ ।’

ओलीले मदन भण्डारी फाउण्डेसन बनाएर गुुटबन्दी सुरु गरेदेखि त्यो प्रवृतिका विरुद्ध जुध्नुपर्ने काम ग¥यौं कि गरेनौं ? ती सबैको आत्मालोचना र विश्लेषण गर्नुपर्छ नेपालले भने, ‘त्यतिबेलै सचेत नहुँदा पार्टीबाट आफूहरू बाहिरिनुपरेको हो । त्यो गलत प्रवृत्तिका विरुद्धमा समयमै हामी सचेत हुन सकेनौं । पाटीभित्र गुटबन्दी गर्न थाले, असन्तुष्टिको प्रयोग गर्न थाले । पार्टीभित्र अलग–अलग समूह बनाउने स्थिति नै पार्टीको विभाजनको कारण बन्दो रहेछ ।’

गुटबन्दीको ‘महारोग’ केपी ओलीले खासमा झापा आन्दोलनमा नै सुरु गरेको नेपालले बताए । झापा संघर्षकालमा, कोकेकालमा र माले कालमा ओली संग जुधेको स्मरण गराए ।

जति जुध्नुपर्ने हो त्यति जुध्न नसक्दा ओली गुट बिस्तारै बलियो हुँदै गएर पार्टी बिग्रँदै गएको उनको आरोप लगाए गुटबन्दी गरेर नै नवौं महाधिवेशनमा पार्टीको मूल शक्ति उनले हासिल गरेको बताए ।
नेपालले भने, ‘नवौ महाधिवेशनबाट अध्यक्ष बनेपछि उनको वास्तविक चरित्र देखिनथाल्यो । सामूहिकता र पार्टी कमिटि काम नलाग्ने भए ।’

पार्टी एकता र दुईतिहाइ उपलब्धीलाई ओलीले आफ्नो निजि पेवा सम्झदा कम्युनिस्ट आन्दोलन नै तहसनहस भएको उनले बताए ।

उनले भने, ‘आफ्नो मात्रै भूमिकाले भयो भने अहंकार ओलीमा भयो, कमिटीलाई र अरुलाई अवमूल्यन गर्न थाले, जसको कारण यस्तो अवस्था आएको हो ।’
पार्टी विभाजन गर्न ओलीले गरेको गुटबन्दीको मुख्य भूमिका खेलेको उनको भनाइ छ ।