Bagmati Samachar Logo

हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट, लामा फरार

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कुटपिट गरेको बताइएको छ । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका छन् ।

अभियुक्त लामा फरार रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । लामा युवा संघ मकवानपुरका नेतासमेत हुन् ।

लामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुन् ।

सिग्देलले आफूमाथि कुटपिट भएको  बताए । ‘ममाथि गलत भएको हो । म यो भन्दा धेरै बोल्दिनँ,’ सिग्देलले भने ।

वडाध्यक्ष सिग्देल एमालेबाट निर्वाचित भएका थिए । उनलाई एमालेकै युवा संघका नेता लामाले कुटेका हुन् ।