Bagmati Samachar Logo

गिरीको निधनले समकालीन राजनीतिमा गहिरो अभावको अनुभूति भएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको उनले बताएका छन् ।

प्रचण्डले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।