Bagmati Samachar Logo

नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङको यस्तो छ राजनीतिक यात्रा

कााठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी इतिहासमा दोस्रो पटक महासचिव बनाएको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महासचिवमा देव गुरूङलाई चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बसेको स्थायी समिति बैठकमा महासचिवमा गुरूङकाो नाम प्रस्ताव गरे । उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएंगै गुरूङ माओवादी पार्टीको दोस्रो महासचिव बन्ने अवसर पाएका हुन् । माओवादीमा यो भन्दा पहिला रामबहादुर थापा महासचिव भएका थिए । थापा अहिले एमालेको उपाध्यक्ष छन् ।
गुरूङ नेकपा माओवादी पार्टीमा लागेको ४३ बर्षपछि महासचिव बनेका हुन् । उनी अहिले माओवादीको संसदीय दलको प्रमुख सचेतक समेत हुन्। उनी लमजुङबाट निर्वाचित सांसद हुन्। माओवादी केन्द्रभित्र गुरूङ संसदीय मामिलाका जानकार र अध्ययनशील नेता मानिन्छन्।

माओवादी केन्द्रभित्र गुरुङ पुराना नेतामा पर्छन् । उनी जनयुद्ध कालमा शुरुका केन्द्रीय समितिमा रहेका नेता हुन् । उनको माओवादीमा पार्टी नाम कान्छा बहादुर हो । मनाङमा जन्मिएका गुरुङ घरका कान्छा छोरा भएकाले युद्धकालको नाम कान्छाबहादुर रहन गएको हो । धनप्रेम र बधुग्यामुका गुरुङ कान्छा छोरा हुन्, उनी ।

मनाङको स्थानीय सरस्वती प्राविबाट अध्ययन शुरु गरेका उनले पोखराको राष्ट्रिय माविबाट २०३५ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि उनी राजधानी काठमाडौँ आएका थिए ।

त्यसपछि उनले पुल्चोकमा सिभिल इञ्जिनियरिङ अध्ययन शुरु गरेका थिए । उनले उक्त पढाइ उर्त्तीण गरेका छन् । प्राविधिक अध्ययन गरे पनि उनले विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट शिक्षामा डिप्लोमा गरेका थिए ।

०३६ सालदेखि वाम आन्दोलनमा सक्रिय भएका गुरुङले २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा उनी पार्टीको केन्द्रीय समितिमा पुगिसकेका थिए । त्यहीबेला नेकपा चौथो महाधिवेशनमा मोहनविक्रम सिंह र निर्माल लामाबीचमा विभाजनपछि मोहन वैद्य ‘किरण’, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देव गुरुङहरू मिलेर नेकपा मशाल ९मोटो मशाल० बनाएका थिए ।

त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनआन्दोलन संयोजन समिति बन्यो– २०४६ सालमा । उनले त्यसमा पनि निर्णायक भूमिका खेलेका थिए । जनयुद्धका क्रममा पार्टीले उनलाई गण्डक क्षेत्रमा खटाएको थियो । त्यही क्रममा उनी गोरखाबाट २०५३ सालमा गिरफ्तारीमा परे ।

गोरखा, वीरगञ्ज, काठमाडौं र ललितपुरका जेलमा चार वर्ष बन्दी भएपछि उनी पहिलो वार्ताको वातावरण बनाउनका लागि संकेतका लागि रिहा भएका थिए । कांग्रेसका तत्कालिन सरकार प्रमुख रहेका कृष्णप्रसाद भट्टराई सरकारमा रहेकाबेला रिहा हुने उपल्लो स्तरका नेता उनी नै थिए ।

वि।सं २०१५ कात्तिक २२ गते मनाङ, नाशोङ गाउँपालिका ४ मा जन्मेका गुरूङले स्नातकोत्तर गरेका छन्।

विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय भएका गुरूड संविधान र कानून निर्माणका विषयमा बढी चासो राख्छन्।

उनले २०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरू गरेका हुन्।

चौथो महाधिवेशनको परिवर्तित नाम नेकपा (मशाल) मा २०३८ सालमा उनी केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि उनी २०५१ मा माओवादीमा आबद्ध भई पोलिटब्यूरो सदस्य चुनिए।

२०६१ मा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य बने। २०७४ मा भने उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बने।

२०६३ को अन्तरिम संसदबाट उनले संसदीय राजनीतिको यात्रा सुरू गरे।

२०६४ सालमा कास्की र मनाङबाट निर्वाचित भएका गुरूङ २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा लगायतका नेतासँगै तत्कालीन एकीकृत माओवादीबाट बाहिरिएका थिए।

२०७० को निर्वाचन बहिष्कार गरेका गुरूङ २०७३ सालमा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका हुन्।

२०५२ सालमा माओवादी केन्द्रले ुजनयुद्धु सुरू गर्दाको समयमा समेत उनी केन्द्रीय कमिटीमा थिए। उनी जनयुद्धुमा केही समय गिरफ्तारीमा परेका थिए।

२०६९ मा तत्कालीन सरकार र माओवादी केनद्रको दोस्रो चरणको वार्तामा उनी सदस्य थिए। त्यस्तै, माओवादी शान्ति प्रक्रियामा आउँदा समेत उनी वार्ता समिति सदस्य थिए।

माओवादी प्रमुख सचेतक

२०७४ फागुन २५ गते माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ ।
गुरुङ सभामुखको दावेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको हो ।
गुरुङ पूर्वकानुनमन्त्री हुन् ।

माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ ।
प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई २०७७ मङ्सिर ३० वर्खास्त गर्ने अन्तिम तयारी गरेका थिए ।
त्यो समयमा ओलीले गुरुङलाई बालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरेका थिए । तर, गुरुङले राजीनामा नदिएपछि ओलीले उनलाई वर्खास्त गर्ने तयारी थालेका थिए ।

अध्यादेशको प्रमुख प्रतिपक्षी कांग्रेसदेखि सत्तारुढ नेकपाका नेताहरूले समेत चर्को विरोध गरेका थिए । सत्तारुढ नेकपाको प्रतिनिधि सभाका प्रमुख सचेतक गुरुङले पनि यो अध्यादेश लोकतान्त्रिक मान्यताअनुरुपको नभएको टिप्पणी गरेका थिए ।

देव गुरुङ अमेरिकी सहयोग एमसीसीका कडा आलोचक हुन् । पूर्वमाओवादी खेमाका नेता गुरुङले पार्टीको स्थायी समति बैठकमा एमसीसीको खुलेर विरोध गरेका थिए ।
अमेरिकाले इण्डो प्यासिफिक पार्टनरसीप भनेर भनेको नै मुख्यगरी एक प्रकारको फौजी आतंक सिर्जना गरेको भन्दै त्यसको खरो विरोध गरेका थिए ।

माओवादी केन्द्रमा उनी चौथो वरीयताको नेता हुन्। वरीयता अनुसार जिम्मावारी दिने भन्दै प्रचण्डले गुरूङलाई महासचिव बनाएका हुन्।

गुरूङ शान्ति प्रक्रियामा आएपछि अवसर पाउने माओवादी नेताको सूचीमा पर्छन्। उनी दुई पटक स्थानीय विकास मन्त्री भएका छन् भने एकपटक कानुन मन्त्री भएका छन्।

प्रचण्डको कुनैबेला कट्टर आलोचक भनेर चिनिने गुरूङ २०७३ यता भने निकट भएका छन्। आफ्ना हरेक गतिविधिलाई साथ दिने भएर नै प्रचण्डले गुरूङलाई आफू पछिको शक्तिशाली महासचिव बनाइएको माओवादी वृत्तमा चर्चा छ।