Bagmati Samachar Logo

दार्चुला जिप दुर्घटना हुदा पाँच जना मृत्यु र केहि घाइते

काठमाडौं । बुधबार दार्चुलामा जिप दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जिप दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकोछ ।

दुर्घटनामा परेर मृत्यु हुने सबैको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका( ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, चम्पा बोहरा र रैभान बोहरा रहेका छन् । चम्पा र रैभान श्रीमान्(श्रीमती हुन् । उनीहरू रोजगारीका लागि भारत जान लागेको बुझिएको छ ।

त्यस्तै घाइते हुनेमा मालिकार्जुन( ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रूपा धामी छन् । त्यस्तै मालिकार्जुन( ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका( ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।