Bagmati Samachar Logo

हेटौंडामा अन्तराष्ट्रीय युवा दिवसको अवसरमा अन्तरक्रिया, सप्ताहव्यापी कार्यक्रमको समापन

हेटौंडा । बागमति प्रदेशको राजधानी हेटौंडामाा ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ २२ औ अन्तराष्ट्रीय युवा दिवस मनाएको छ । उक्त सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पनि भएको छ । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको पनि आजै समापन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले युवाहरुको हकहितका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । कार्यक्रममा युवाहरुले राखेका प्रश्न र सुझाबहरुपछी जवाफ दिदै मन्त्री ढकालले युवाहरुलाई स्वदेशमानै टिकाउनका लागि प्रदेश सरकारले स्वरोजगार मुलक कार्यक्रम पनि ल्याएको बताए । कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुका आफ्ना कुरा प्रतक्ष रुपमा सरकारका मन्त्रीलाई राख्नका लागि यो कार्यक्रम गरिएको बताए ।

युवाहरुले सामाजिक सञ्जाल मार्फत सरकारलाई प्रश्न गरेपनि सिधा भेटेर नै आफ्ना कुरा राख्दा प्रभाबकारी हुने बताए। कार्यक्रममा हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले बिभीन्न जिल्लामा युवाहरुको विषयमा गरिएको सर्वेक्षणको प्रस्तुतीकरण गर्नु भयो। कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा,प्रदेश युवा परिषद्का निमित्त कार्यलय प्रमुख रमेश प्रसाद घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।