Bagmati Samachar Logo

उपाध्यक्षको पहलमा बेलडाँडीमा एम्बुलेन्स

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाँउपालिका उपपमुख शान्ति नाथ (गिरी)को एकल पहलमा एम्बुलेन्स आएको छ ।
गाँउपालिका उपप्रमुख नाथले आफ्नो व्यक्तिगत पहलमा बेलडाँडीमा आधुनिक एम्बुलेन्स ल्याएको बताइन् ।

सुदूरपश्चिम प्रदेश सरकारबाट बेलडाँडीलाई एम्बुलेन्स आएको उपप्रमुख नाथले बताईन । ‘यो मेरो नितान्त व्यक्तिगत पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स ल्याएका छौँ, ‘उनले भनिन, ‘यसमा कुनै नेता र गाँउपालिकाको पहल होईन, मेरै मात्र हो ।’ चुनावी प्रतिबद्धता अनुरुप आफुले प्रदेश सरकारसंग छलफल गरेर स्वास्थ्य सुरक्षा समाग्रंीका साथै एम्बुलेन्स ल्याएको उपप्रमुख नाथले बताईन ।