मुम्बई उड्न लागेकाे विमानमा आतंकवादी रहेको सुचना पछि यात्रु ओरालियो
काठमाडौं। काठमाडौंबाट मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । दिउसो १:१०मा उड्न लागेको जहाजमा आतंकवादी रहेको सुचना पाएपछि जहाज रोकिएको हो । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: