मिटरब्याज पीडितद्वारा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ
काठमाडौं। मिटरब्याजबाट पीडितहरुले आज मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मिटर ब्याजीहरुलाई कारवाही नगरेको र आफूहरूले न्याय नपाएको भन्दै मुख्यमन्त्री घेराउ गरेका छन् । मिटर ब्याजीले सुकुम्बासी बनाइएको भन्दै पीडितहरूले मुख्यमन्त्री कार्यालय घेराउ गर्नुको साथै ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

पीडितहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ७ बुँदे ज्ञापनपत्र पनि बुझाएको अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।
आन्दोलनमा सरिक पीडित महोत्तरी जिल्ला, भंगहा नगरपालिका ४ कि संजीलादेवी मण्डलले भनिन्, ‘हाम्रो नगरपालिकाकै मेयर पीडक संजीव कुमार साहले सुदखोर अनिरुद साहको संरक्षण गरेको छ । अनिरुदले हाम्रो जीवन बर्बाद पारेकाले मुख्यमन्त्री कार्यालय घेराउ गर्न आएका हौं ।’

भारी वर्षाबीच जनकपुरको जनक चौकबाट सुरु भएको जुलुस मुख्यमन्त्री कार्यालयमा गएर कोण सभामा परिणत भएका थियो । मुख्यमन्त्रीले माग सम्बोधन नगरे आन्दोलनलाइ काठमाडौँमा केन्द्रीत गरिने पीडितहरूलाई संगठित गरिरहेका अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: