Bagmati Samachar Logo

बीपी प्रतिष्ठनको रजिस्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाका पति सूर्य नियुक्त

काठमाडौं ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्। संग्रौला कांग्रेस नेतृ तथा संघीय सांसद डिला संग्रौलाका पति हुन्

बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

त्यसैगरी प्रतिष्ठानमा रिक्त रहेको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन्।

यस्तै, उपकुलपति गिरीको सिफारिसमा सिनेटमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की सदस्य थपिएका छन्।