Bagmati Samachar Logo

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

काठमाडौंं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु दोस्रो पटक आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

उनी दोस्रो पटक नेपाल आउदै छन् ।

उनी एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी नेपाल भ्रमणमा आउन लागेका हुन । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।