पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते
काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: