ताप्ली गाँउपालिकाको अध्यक्षमा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित
काठमाडौं । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन् ।
गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गरेर विजयी बनेका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम राईलाई १ हजार ७४९ मत मात्र प्राप्त गरे । विश्वकर्माले ३८ मतले हराउदै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेकी मान कुमारी थापालाई हराएकी हुन् ।
धनमायाले २ हजार ५८६ मत ल्याएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्: