डडेल्धुराको आलितालमा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३ सय ८९ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर गुरुङले २ हजार २ सय २४ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी मैना कुमारी रावलले २ हजार ६सय २ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जयाकुमारी बोगटीले २ हजार २ सय ४१ मत ल्याइन् ।
अध्यक्षमा एमालेका मीनबहादुर बोगटीले १ हजार ४ सय ५९, एकीकृत समाजवादीका तुलाराम बोहराले ६ सय १, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २ सय ५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्: