बेलडाँडीमा अध्यक्ष उपाध्यक्षमा कांग्रेसको अग्रता
काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका सुरुवाती मत परिणाममा अध्यक्ष पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सुरुवाती ६२५ मत गणना हुदा नेपाली कांग्रेसका हरिचन्द्र रानाको २६५ र नेकपा एमालेका अक्कल बहादुर बिष्टले १७४ मत प्रप्त गरेका छन् ।
मओवादी केन्द्रका ईश्वरी दत्त भट्टले ९६ मत प्राप्त गरेका छन् । भने राप्रपा.का प्रेम सिह साउदले ९ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी शान्ती नाथले २७२ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन भने नेकपा एमालेकी फुलदेवी रानाले २२३ मत, नेकपा मओवदी केन्द्रकी कल्पना गिरीले ५१ मत, राप्रपाकी बसन्ती चौधरीले ७ र स्वतन्त्र उम्मेदवार पुष्पकमल पण्डितले जम्मा ९ मत प्राप्त गरेका छन् ।
१ वडा अध्यक्ष पदमा एमाले ८९, काँग्रेस ७८, समावादी २७, राप्रपा ५ स्वतन्त्र १० र वडा नम्बर ५ वडा अध्यक्ष पदमा काँग्रेस १९३, एमाले १४४, माके २२ राप्रपाले २ मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस्: