Bagmati Samachar Logo

देउवाले ९ गतेसम्म पनि निर्वाचन सारौँ भन्नुभएको थियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन वैशाख नौ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० बाट पर सार्ने प्रस्ताव गरेको बताएका छन् । तर आफूले आफुले नमानेको दाबी गरे ।

‘शेरबहादुरजीले बैशाख ९ गतेसम्म पनि मलाई ३० को निर्वाचन पर सारौँ भनेर भन्नुभएको तर मैले त्यसको विरोध गरेँ’, अ‍ोलीले भने, ‘उहाँहरुको नियत पहिला पनि देखेका हौ । गठबन्धनका नेताहरुले चैतमा सारौँ भनेर भनिरहेको हामीले सुनेको हो ।’

स्थानीय तहकोको परिणाम पाँच दलको भन्दा धेरै एमालेको पक्षमा आउने पनि दावी गरेका छन् । ‘परिणाम नेकपा एमालेको पक्षमा आउँछ । प्रतिशतको हिसावले राम्रो । पाँच दलको भन्दा धेरै बढी एमाले एक्लैले जित्छ’, शुक्रबार मतदानपछि ओलीको प्रतिक्रिया दिए । उनले एमालेको पक्षमा अपेक्षित परिणाम आउने भन्दै त्यस्तो परिणाम देखेर केही अवाञ्छित कृयाकलाप भएको बताए ।

ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।