Bagmati Samachar Logo

एमसीसी पास पछि सत्तारूढ गठबन्धनको बैठक बस्यो

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरू बैठक बसेको हो । एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन्। राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडि सकेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई छन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।