साहित्यकार आचार्यको म्युजिक भिडियो सार्वजनिक

हेटौंडामा । हेटौंडाका साहित्यकार पुरुषोत्तम आचार्यले म्युजिकभिडियो सार्वजनिक गरेका छन् । म्युजिक भिडियो फागुन एक गते जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक गरेको हो । क्रान्तिकारी धारमा कलम चलाउँदै आएका आचार्यले घाम त झुल्कियो डाँडामा नामक म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
हेटौंडामा उन्मुक्त पुस्ता मकवानपुरले आचार्यको म्युजिक भिडियो सार्वजननिक गरेको छ । पुरुषोत्तम आचार्य एकल गायन साँझ कार्यक्रम पनि भएको छ । एकल साँझ कार्यक्रममा आचार्यको घाम त झुल्कियो डाँडामा शिर्षक को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
साथै पि. एम. सेन्टरको सङ्गीत संयोजनको साथमा गितहरु हामी त भयौं दुखिया, बाटो फेर्न हिँडेको साइँला, योबिहान तिम्रै हो र जाग जाग जाग जाग जाग पनि प्रस्तुत गरेका छन् । म्युजिक भिडियोमाथि त्रिबि प्रोफेसर तारालाल श्रेष्ठले सामाजिक कोणबाट ,गायिका शुसिला मानन्धरले गितको सांगीतिक कोणबाट टिप्पणी गरेका थिए । कार्यक्रममा सहयोग सुदर्शन फउन्डेसन, सर्जक सन्जालर जागरण मिडिया र एन . एस टेलिभिजनले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: